नेल्टाको तालिम शुरु

राष्ट्र न्यूज सम्वाददाता
असार १३, २०७९
nelta

पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सम्वन्धी तालिम शुरु भएको छ ।

दुई हप्तासम्म चल्ने तालिममा देशभरका १५ जनाको सहभागिता रहेको छ । पशु स्वास्थ्य प्राविधिक उत्पादन गर्ने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बासु रेग्मीले तालिम उद्घाटन गर्नुभएको थियो ।

त्यसक्रममा उहाँले कृषि अनुदानलाई प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तालिम तालिम मात्र भएर जीवनका लागि महत्वपूर्ण सीप सिक्ने अवसर भएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले नारामा मात्र नभएर व्यहारिक रुपमा नै नेपालमा कृषिलाई प्राथमिकता दिएर योजना बनाउनुपर्ने बताउनुभयो ।

नेल्टाका महासचिव सुरेश कुमार श्रेष्ठले कृषि क्षेत्रका लागि आवश्यक प्राविधिक उत्पादन गर्ने उद्देश्यले नेल्टाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र तालिमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

त्यसअवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भु पाण्डे, पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख डा शोभा शर्माले तालिमको महत्व बारे बोल्नुभएको थियो ।

नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की अध्यक्ष बसन्त कोइरालाले स्वागत र केन्द्रीय सदस्य डिल्ली रेग्मीले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives