सातौं स्थापना दिवसमा विविध कार्यक्रम गर्दै नेल्टा

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०७९
Jestha 26

पोखरा, २५ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)ले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा बिहीबार विविध कार्यक्रम गर्ने भएको छ ।

संघले देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेल्टा कास्कीले पनि कास्कीको रुपा गाउँपालिका वडा नं ५ स्थित देउरालीमा विविध कार्यक्रम संचालन गर्नेछ ।

कुकुर बिरालोको लागि रेविज विरुद्वको खोप कार्यक्रम संचालन गर्नुको साथै निःशुल्क प्राविधिक सेवा र औंषधी वितरण गरिने छ ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र देउराली बजार टोल विकास संस्थाको सहयोग हुन लागेको सो कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ ।

कास्कीमा आइतबार पनि माछापुच्छ«े गाउँपालिका वडा नं ४ मा निःशुल्क प्राविधिक सेवा सहित निःशुल्क औषधी वितरण कार्यक्रम गरेको थियो । नेल्टामा देशभरका २५ हजार बढी पशु स्वास्थ्य प्राविधिक आवद्व छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives