पोखरा, ५ माघ । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं २ सार्दीखोलामा दलित समुदायका ४० जना नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति मनोज गुरुङ, संविधान सभा सदस्य शारदा पौडेल, वडा कार्यसमिति सभापति गणेश आचार्य र नेपाल दलित संघ क्षेत्र नं ३ सभापति उदय कुमार नेपालीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
त्यस्तै वडामा इश्वर परियार(लामा) सभापति रहेको नेपाल दलित संघ वडा कार्यसमिति गठन गरिएको छ । समितिको उपसभापतिमा माया विक, सचिवमा मनोज परियार, सहसचिवमा उमा विक, कोषाध्यक्षमा उषा विक रहनु भएको छ ।
समितिको सदस्यहरुमा प्रेम बहादुर विक, लक्ष्मण विक, उजित विक, चश्मा कुमारी विक, अर्जुन परियार, सूर्य विक, जीवन परियार र सूर्य परियार रहनु भएको छ ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता