फिष्टेलप्रतिको चासो र आकर्षण बढ्दै

राष्ट्र न्यूज सम्वाददाता
पौष २६, २०७८
Fishtail 1 – Copy

पोखरा, २६ पुस । पोखरामा संचालित अन्तर्राष्ट्रियस्तरको फिष्टेल एकेडेमीप्रतिको आकर्षण र चासो बढेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा संचालित विद्यालय अवलोकन गर्नका लागि विभिन्न क्षेत्रबाट समूह बनाएर दिनहुँजसो पुग्ने गरिएको छ ।

पोखरा, गण्डकी प्रदेशका जिल्लाबाट मात्र नभएर राजधानी र विदेशबाट समेत विद्यालयप्रति चासो लिएर अवलोकन गर्न आउने गरिएको छ ।

यसैक्रममा पोखराका युवा उद्यमीको समूह सोमबार अवलोकनका लागि विद्यालय पुगेको छ । नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिल बहादुर भट्टराई नेतृत्वको समूह विद्यालय पुगेको हो ।

समूहमा युवा उद्यमीहरु पुनित वैद्य, सुयश मल्ल, निरन केसी, विशेष थापा, विवेक श्रेष्ठ , मनोज श्रेष्ठ, मनहर श्रेष्ठ, सुजन जोशी, विष्णु तिमिल्सिना र समेज राजभण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।

सो समूहलाई विद्यालय बारे जानकारी दिदै संस्थापक निर्देशक चिनु रानाभाटले फिष्टेललाई सबैले आफ्नै विद्यालय ठानेर प्रवद्र्वन गर्ने अपेक्षा व्यक्त गर्नुभयो । युग सुहाउँदो प्रगतिशील शिक्षा आफूहरुको मुख्य लक्ष्य रहेको भन्दै उहाँले सबैबाट सकारात्मक सहयोग र सद्भाव पाएको उल्लेख गर्नुभयो ।

मञ्चका अध्यक्ष भट्टराईले पोखराका फिष्टेल एकेडेमी जस्तो विद्यालय संचालनमा आउँनु पोखराका लागि गर्वको विषय भएको बताउनुभयो ।
गुणस्तरीय शिक्षाका लागि आफूले आफ्ना सन्ततीलाई काठमाण्डौ वा भारत पठाउने तयारी गरेको भएपनि फिष्टेल बारे बुझेपछि अब अन्यत्र नलैजाने र फिष्टेलमा नै ल्याउने उद्घोष गर्नुभयो ।

त्यस अवसरमा विद्यालयका प्रिन्सिपल, प्राथमिक तह र माध्यामिक तह संयोजकले विद्यालयको समग्र शैक्षिक क्रियाकलाप बारे जानकारी दिनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives