छोरीको संम्झनामा बुबाआमाद्वारा अक्षयकोष स्थापना

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०७८
received_1539898193076547

पोखरा, ७ पुस । गतवर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे« ३ धितालकी अबिश्री पौडेलको संम्झनामा अक्षयकोष स्थापना भएको छ ।

स्वर्गीय अबिश्रीको नाममा बुबा त्रिविक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गर्नु भएको हो ।

पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योती माध्यामिक विद्यालयले संचालन गर्ने गरी उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिनुभयो ।

कोषको ब्याजबाट आउने रकम आनन्द ज्योती माध्यामिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । ब्याजको आधा रकम रहेक वर्ष कक्षा ५ बाट पास हुने एक जना उत्कृष्ट छात्रा र आधा रकम विद्यालयका सर्वोकृष्ट विद्यार्थीलाई प्रदान गरिने छ ।

कार्यक्रममा स्वर्गीय आबिश्रीका बुबा आमाले छोरीको संम्झनामा कक्षा ५ सम्मका ५० जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । ११ वर्षीय आबिश्रीको गतवर्ष करेन्ट लागेर मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives