सिंहदरबारमा एक राउण्ड गोली फायर

रासस
कार्तिक १०, २०७८
pestol

काठमाडौँ, १० कात्तिक (रासस) । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives