एन प्याव्सन कास्कीको साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
असाेज २६, २०७८
npabsan

पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघीय शिक्षा ऐन बनाउदा बढी चनाखो हुनुपर्ने बताउनुभयो ।

‘संघीय शिक्षा ऐनको ड्राफ्टमा निजी विद्यालयलाई पनि सम्वोधन गरेको छ’ उहाँले भन्नुभयो,‘ ड्राफ्ट एउटा हुने आउँदा अर्कै आउने भएकोले ऐन आउदा हामी वढी चनाखो हनुपर्ने हुन्छ ।’

स्थानीय सरकारले आफू अनुकुलको शिक्षा प्रणालीको विकास गर्न खोज्दा निजी विद्यालय मारमा परेको उहाँको भनाइ थियो ।

एन प्याव्सन कास्की नेपाल भरकै उत्कृष्ट संस्था रहेकोले अब कास्कीले राष्ट्रियस्तरको कार्यक्रम गर्नु पर्ने सुझाव दिनुभयो ।

एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले संस्थागत विद्यालयका हक हितका लागि संस्थाले गरेको काम उल्लेखनीय रहेको बताउनुभयो ।

केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष याम खड्काले निजी विद्यालयले पनि राज्यलाई कर तिरेको हुनाले नेपाल सरकारले निजी विद्यालयलाई सहुलियतदरमा ऋण उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य रामबहादुर थापाले नेपाल सरकारले निजी विद्यालयलाई विभेदको व्यवहार गरेको बताउनुभयो ।

केन्द्रीय सदस्य सन्तबहादुर तामाड्डले देशकै मोडेल संस्थाको रुपमा कास्की शाखा रहेको बताउनुभयो ।

एन प्याव्सन तनहुँका अध्यक्ष रामकृष्ण विकले यहाँका समस्या समाधान गर्न कास्की शाखसँग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ र लेखा समिति संयोजक ज्ञानेन्द्रबहादुर थापाले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives