काँग्रेस नै जनताको पार्टी भन्दै जलारी बस्तीका अधिकांश काँग्रेसमा प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
असाेज २, २०७८
Party prebesh

पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १८ खपौदीस्थित जलारी बस्तीका अधिकांश नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

जलारी बस्तीमा रहेका ९३ घरपरिवारमध्ये अधिकांश सदस्य काँग्रेस प्रवेश गर्नुभएको हो । केही दिन पहिले र आज कास्की काँग्रेसमा कार्यक्रम गरी उहाँहरुलाई सदस्यता वितरणसहित स्वागत गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस नै जनताको पार्टी भन्दै उहाँहरु काँग्रेस प्रवेश गर्नुभएको हो । युवा नेता सूर्य खड्काले पार्टी प्रवेश कार्यक्रमको संयोजन गर्नुभएको थियो । त्यस्तै उहाँकै संयोजनमा पोखरा ५ का युवाहरु समेत काँग्रेस प्रवेश गर्नुभएको थियो ।

नेता शुक्रराज शर्मा, कास्की सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा नेता शुक्रराज शर्माले प्रजातन्त्रको जगमा उभिएकाले काँग्रेसले मात्रै सबैको सम्मान गर्ने बताउनुभयो ।

कास्की काँग्रेस सभापति कृष्ण केसीले उत्साहपूर्वक काँग्रेस प्रवेश गर्नुहुनेलाई निराश नबनाउने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं १८ का सभापति शिव तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्ण तिमिल्सिना, आमन्त्रित जिल्ला सदस्य आश बहादुर गुरुङ, नेतृ माया बराल, नेता सूर्य खड्का, इकाइ उपसभापति नारायण खड्का र सचिव डिल्लीराम तिमिल्सिनाले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives