वडा सदस्य भट्टराईलाई मातृशोक

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ६, २०७८
Debaki bhatterai

पोखरा, ६ साउन । पोखरा महानगरपालिका वडा नं १३ का वडा सदस्य टंक प्रसाद भट्टराईलाई मातृशोक परेको छ ।

उहाँकी आमा देवकी भट्टराईको ८३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट प्रभावित उहाँको मङ्गलबार दिउँसो पोखरा १३ लामोडहरस्थित निवासमा निधन भएको हो ।

उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives