भोली सार्वजनिक विदा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ५, २०७८
cabinate

पोखरा, ५ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक विदा दिने भएको छ ।

सरकारले इस्लाम धर्मालम्बीहरुको मनाउँने बक्र इद(इद उल अजहा) को अवसरमा विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयका सहसचिव÷प्रवक्ता जनकराज दाहालले आज सूचना प्रकाशित गरी सबै सरकारी कार्यालयहरु, निकायहरु, विदेशस्थित नेपाली नियोगहरुमा विदा दिइएको जनाउनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives