मुस्लिम संघ कास्कीद्वारा मुख्यमन्त्रीलाई बधाई

राष्ट्र न्यूज सम्वाददाता
असार ६, २०७८
photo muslim

पोखरा, ६ असार । नेपाल मुस्लिम संघ कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष हारुन खान पैठानको नेतृत्वमा पुगेका पदाधिकारी एवं सदस्यहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बधाई ज्ञापनपछि संघले मुस्लिम समुदायले पाँच सय वर्ष अघिदेखि उपयोग गर्दै आएको चियानघाटको स्वामित्व मुस्लिम समुदायलाई प्रदान गर्न र यसअघि मुस्लिम समुदायको चाडपर्व विदा घटाइएको पुन व्यवस्था गर्न माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives